
Available Sizes
Category: Please fill category from Product Descriptions module.
Description
एग्रिसिन AGRICIN
Streptomycin Sulphat 9% and
Tetracycline Hydrochloride 1 %
यो एक बहु प्रभावकारी प्रति जैविक हो, जुन जीवाणु (ब्याक्टेरिया) बाट हुने रोगको नियन्त्रणको लागि बढी उपयोगी छ। यो पहिले रोकथाम र सजिलै घुल्ने प्राकृतिक हुने हो। यसमा स्ट्रेप्टोमाइसिन सल्फेट ९% र टेट्रासाइक्लिन हाइड्रोक्लोराइड १% राखिएको हुन्छ। यसरी एग्रिसिनमा अन्य सहायक तत्वहरु पनि मिसाइएको हुन्छ, जसले गर्दा बिरुवाले औषधीलाई राम्रोसँग सोस्न लिन सक्छ।
फाइदाहरु :
यसले बालीमा लाग्ने विभिन्न प्रकारका रोगबाट बचाउँछ।
एग्रिसिन सिस्टेमिक भएको कारणले यो बिरुवाको सम्पूर्ण अंगमा पुग्छ र सिधै जीवाणुलाई आक्रमण गर्छ।
स्ट्रेप्टोमाइसिन सल्फेट र टेट्रासाइक्लिन हाइड्रोक्लोराइड यी दुबैको प्रयोग भएको कारण पनि यो अति प्रभावकारी छ।
यसले उत्पादन बढाउन मद्दत गर्छ।
सुझाव : एग्रिसिनको मात्रा तल दिएको पी.पी.एम अनुसार मात्रा (प्रति १००००००) बनाउनुपर्छ।
मात्रा पी.पी.एम (पानीको मात्रा जहाँ एग्रिसिन (ग्राममा) घोलिन्छ):
मात्रा पी.पी.एम | १० लि | ५० लि | १०० लि | १२० लि | २०० लि |
|---|---|---|---|---|---|
२५ | २.५ | १२.५ | २५ | ३० | ५० |
४० | ४ | २० | ४० | ४८ | ८० |
५० | ५ | २५ | ५० | ६० | १०० |
१०० | १० | ५० | १०० | १२० | २०० |
१२० | १२ | ६० | १२० | १४४ | २४० |
२०० | २० | १०० | २०० | २४० | ४०० |
२५० | २५ | १२५ | २५० | ३०० | ५०० |
५०० | ५० | २५० | ५०० | ६०० | १००० |
निम्न लिखित बालीहरुको निम्न प्रकारको रोगहरुमा एग्रिसिन बढी प्रभावकारी छ:
धान (ब्याक्टेरियल लिफ ब्लास्ट):
बिउ उपचार – ४० पी.पी.एम घोलमा मिसाएर छर्नु। घोलमा १२ घण्टा भन्दा बढी समय भिजाउनु हुँदैन र यसलाई कोठाको तापक्रममा नै राख्नुपर्छ।
जरा उपचार – ४० देखि १०० पी.पी.एम घोलमा डुबाउनु पर्छ।
छर्ने तरिका – बोटको वृद्धि भएपछि एक पटक १००–१५० पी.पी.एम को घोल छर्नु। त्यसपछि धान पसाउनु भन्दा अघि छर्नु राम्रो हुन्छ र यसो गर्दा उत्पादन बढ्दछ।
निया (ब्याक्टेरियल सूट ब्लाइट, ब्याक्टेरियल क्यान्कर):
रोगको लक्षण सुरु हुनासाथ ५० देखि १०० पी.पी.एम घोल प्रत्येक १०–१५ दिनको अन्तरालमा छर्नुपर्छ।
गोलभेडा (ब्याक्टेरियल लिफ स्पट):
४० देखि १०० पी.पी.एम घोल बिरुवा रोप्नुभन्दा अघि र पछि छर्नुपर्छ।
सिमी तथा सिमी (हेलो ब्लाइट):
१०० देखि १५० पी.पी.एम को घोल पात पलाएको २० दिनपछि पहिलो पटक र त्यसपछि ७/७ दिनको अन्तरालमा छर्नुपर्छ।
कागती, सुन्तला (साइट्रस क्यान्कर):
रोगको लक्षण सुरु हुनासाथ ५० देखि १०० पी.पी.एम घोल प्रत्येक १० देखि १५ दिनको अन्तरालमा छर्नुपर्छ।
स्याउ, नासपाती (फायर ब्लाइट):
२५–५० पी.पी.एम को घोल बोटमा २०–३० दिनको फूल लागेपछि पहिलो र पुरै फूल लागेपछि दोश्रो पटक छर्नुपर्छ।
सुर्ती (वाइल्ड फायर):
४० देखि १०० पी.पी.एम घोल सुर्तीको बिरुवामा दुई पात भएपछि छर्नुपर्छ।
प्राथमिक उपचार :
यदि यो स्प्रे गर्दा कसैको शरीरको छालामा लागेमा तुरुन्त साबुन पानीले राम्रोसँग धुनु पर्छ, यदि गल्तीवश कसैले यसलाई निलेमा, सम्भवतः पहिले तातो पानीको प्रयोग गरेर वा २–३ ग्राम चारकोल खुवाएर वान्ता गराउनु पर्छ र डाक्टरसँग सल्लाह लिनु पर्छ। उपचार बिरुवामा लागेको रोग अनुसार गर्नुपर्छ।
प्याकिङ : ५० ग्राम उपलब्ध छ।