
Available Sizes
Category: Please fill category from Product Descriptions module.
Description
एगोलिभ पोटाटो स्पेसल
AGROLIV POTATO SPCIAL
आधुनिक कृषि प्रणालीमा एगोलिभ पोटाटो स्पेसल को प्रयोग गरेर आलुको उत्पादन बढाउन सकिन्छ। आलुको उत्पादन बढाउन, त्यसमा सहायक अथवा मुख्य खाद तत्वको कमी हुन दिन हुँदैन। एगोलिभ पोटाटो स्पेसलमा नाइट्रोजन, फस्फोरस, पोटासियम, सल्फर, जिंक, म्याग्निज, बोरोन, कपर तथा मोलिब्डेनम आदिको सन्तुलित मिश्रण हो, जसले एकनासको गाँठ ल्याउनुको साथै गुणस्तरमा पनि विकास गर्छ।
प्रयोग विधि:
एगोलिभ पोटाटो स्पेसल १०–१५ के.जी. सम्म प्रति हेक्टर रासायनिक कम्पोष्ट मलसँग मिसाएर अथवा माटोमा मिसाएर खेतबारीमा छर्न सकिन्छ। एगोलिभ पोटाटो स्पेसल ५०० ग्राम अथवा एगोलिभ (तरल) ५०० मि.लि. प्रति २०० लिटर पानीमा मिसाएर पात र डाँठ दुवैतर्फ पर्ने गरी राम्रोसँग छर्नु। एगोलिभ पोटाटो स्पेसल (पाउडर) अथवा एगोलिभ (तरल) कीटनाशक, ढुसीनाशकसँग मिसाएर छर्न सकिन्छ।
पहिलो स्प्रे: आलु रोपेको २५–३० दिनपछि
दोश्रो स्प्रे: पहिलो स्प्रे गरेको १५–२० दिनपछि