एग्रीजाइम (AGRIZYME)

एग्रीजाइम (AGRIZYME)

एग्रीजाइम (AGRIZYME)

Available Sizes

0.100 Ltr NRS 0.00 Low stock threshold: 0
0.250 Ltr NRS 0.00 Low stock threshold: 0
0.500 Ltr NRS 0.00 Low stock threshold: 0
1.000 Ltr NRS 0.00 Low stock threshold: 0

Category: Please fill category from Product Descriptions module.

एग्रीजाइम (AGRIZYME)

एग्रीजाइम AGRIZYME

एग्रीजाइम प्राकृतिक रूपमा उपलब्ध जैविक संघटक हो । यसमा एक खास किसिमको समुद्री घाँसको एक्स्ट्र्याक्ट जसमा साइटोकाइनिन, अक्सिन ग्रोथ प्रमोटर, एन्जाइम्स र सूक्ष्म पोषक तत्वहरू हुन्छन् । यसमा जैविक प्रविधिबाट तयार गर्ने हाइड्रोलाइज्ड प्रोटिन पनि मिसाइएको हुन्छ जसले गर्दा उत्पादन र गुणस्तरियता बढाउन पनि मद्दत गर्दछ ।

एग्रीजाइमको प्रयोगबाट हुने फाइदाहरू :

  1. जरालाई राम्रोसँग फैलाउँछ जसले गर्दा बोटबिरुवाले माटोबाट आवश्यक तत्वहरू सजिलैसँग लिन सक्छ ।

  2. जराहरूलाई स्वस्थ एवं भरपुर विकास गरी बिरुवालाई शक्तिशाली बनाउँछ ।

  3. फल तथा लागेको फल झर्नबाट रोक्दछ ।

  4. किरा, रोग तथा प्रतिकूल मौसम सहन सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।

  5. बालीको गुणस्तरियता बढाउँछ ।

  6. बालीको उत्पादन बढाउँछ ।

मात्रा एवं प्रयोग विधि :
१–१.५ मि.लि. प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्ने घोल बनाउने । यसरी बनाइएको २०० लि. घोल विघा (१३ रोपनी) खेतमा स्प्रे गर्ने । प्रत्येक १५ दिनको अन्तरालमा ३ पटक स्प्रे गर्दा राम्रो उत्पादन हुन्छ ।


प्रयोग गर्ने समय

बाली

पहिलो स्प्रे

दोस्रो स्प्रे

तेस्रो स्प्रे

धान, गहुँ, मकै

१०–२० दिनपछि

३५–४० दिनपछि

बाली लाग्ने बेलामा

खुर्सानी र गोलभेडा

३०–३५ दिनपछि

२० दिनपछि

बाली लाग्ने बेलामा

बन्दागोभी, काउली र अन्य तरकारी बाली

६–८ पाते अवस्थामा

१५ दिनपछि

बाली लाग्ने बेलामा

भेडे खुर्सानी, प्याज, घ्यु सिमी, लसुन, केराउ, भटमास र बोडी

३–४ पाते अवस्था

२० दिनपछि

बाली लाग्ने बेलामा

आलु

३–४ पाते अवस्था

१५ दिनपछि

बाली लाग्ने बेलामा

फूल तथा अलंकारिक बोटहरू: कोपिला आउनुभन्दा पहिले त्यसपछि प्रत्येक ७–१० दिनको अन्तरालमा


बिउको उपचारको लागि:
• एग्रीजाइम १० मि.लि. १ लिटर पानीमा घोल बनाएर १ कि.ग्रा. बिउलाई उपचार गर्ने ।
• एग्रीजाइम कुनै पनि ढुसीनाशक, किटनाशक तथा सूक्ष्म पोषक तत्वसँग मिसाएर छर्न सकिन्छ तर एग्रीजाइम कुनै पनि वृद्धि नियन्त्रक तथा झारपात नाशकसँग मिसाउनु हुँदैन ।


नोट: उत्पादनको भण्डारण तथा प्रयोगमा कम्पनीको भन्दा बाहिर कुनै प्रकारको नियन्त्रण रहन नसक्ने हुनाले हामी हाम्रो उत्पादनको गुणस्तरियता बाहेक अन्य कुनै जिम्मेवारी लिन सक्दैनौं ।

प्याकिङ: १०० मि.लि., २५० मि.लि., ५०० मि.लि.

We are committed to revolutionizing livestock and crop health through science-driven agri-pharma solutions. Our mission is to provide farmers with safe, effective, and sustainable products that boost productivity and ensure better yields.